पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीका कोशी प्रदेश सदस्य बासु दुलालसहित नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

चिन्तन खबर

झापा । माओवादी केन्द्र कोशी प्रदेश सदस्य बासु दुलालसहित ७१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गर्नुभएको छ । दुलालसहित पार्टीको विर्तामोड नगरसंयोजक सुदिव खवासले समेत पार्टी परित्याग गर्नुभएको एक विज्ञप्तीमा उल्लेख गनुएभएको छ ।

तृत्वको जीवनशैलीप्रति असन्तुष्टि जनाउदै उहाँहरुले पार्टीभित्रको अराजकता, बिसंगति र अराजनैतिक गतिविधिले पार्टी संगठन भद्रगोल भएको भन्दै पार्टी परित्याग गर्नुभएको हो ।

माओवादी केन्द्रमा समाजवादसम्म पुग्ने स्पष्ट र वैज्ञानिक दृस्टिकोण, नीति तथा कार्यक्रम नभएको तथा सत्ता केन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न गराएको उहाँहरूले बताउनुभएको छ । गैरकम्युनिस्टबाहेकका पार्टीहरूबीच तत्काल एकता कायम गरी समाजवादी कम्युनिस्ट केन्द्र निर्माण गर्न जनस्तरबाट दबाब दिन पार्टीबाट राजीनामा दिएको उहाँहरूले बताउनुभएको छ ।

यसअघि शनिबार पनि ७१ जनाले पार्टी परित्याग गरेका थिए । माओवादी आन्दोलनमा आफूहरू लामो समयदेखि क्रियाशिल रहेको भए पनि पार्टी सवाजवादी बाटोमा नहिडेकाले पार्टी छाडेको उहाँहरुको भनाई छ ।

पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत ७१ नेता तथा कार्यकर्ता हुनुहुन्छ ।