Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

चिन्तन खबर

काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठबन्धन दलका शीर्ष नेताहरूले नै विश्वासको मतका साथ सहयोग गरेर जाने निर्णय लिएसँगै एमालेको रणनीति फिक्का भएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र उद्धव थापाको विकल्पमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला समूहले कोशी प्रदेशमा एमालेसँगको सहकार्य रोजेर कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच सहमति भएको छ । नेताहरूले सहमति पत्रमा उल्लेख गरेका छन्– ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

सत्ता गठबन्धनका तीन नेताहरूले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर नहुने स्पष्ट पारेका छन् । एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेपछि एमालेको रणनीतिमा फिक्कापन देखिएको कतिपय नेताहरूले बताउने गरेका छन् ।

तीन नेताको सहमतिलगत्तै शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनकै मुख्यमन्त्री भएको बताए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताए ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।