Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
जोरपोखरी ग्रामीण विद्युत सहकारीको भवन उद्घाटन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

जोरपोखरी ग्रामीण विद्युत सहकारीको भवन उद्घाटन

चिन्तन खबर

फिदिम । हिलिहाङ गाउँपालिकाका तीन वटा वडामा सेवा क्षेत्र रहेको जोरपोखरी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको भवन शनिवार उद्घाटन सम्पन्न भएको छ ।

संस्थाको कार्यालय, सभाहल सहितको बहुउद्देश्यीय भवनको प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले शिलालेख अनावरण गरी उद्घाटन गर्नुभयो । भुइँ तलामा सभाहल र पहिलो तलामा कार्यालय रहेको भवन हिलिहाङ गाउँपालिका–५ बालाचतुरेमा रहेको छ ।

उक्त भवन रु. एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष मोहनकुमार उप्रेतीका अनुसार हिलिहाङ गाउँपालिकाबाट रु. ४० लाख, कोशी प्रदेश सरकारबाट रु. २० लाख, प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु. २२ लाख, जनसहभागिताबाट रु. १० लाख ८८ हजार, तत्कालीन भारपा गाविसबाट रु. आठ लाख ८३ हजार र संघीय खानेपानी तथा ढल ब्यवस्थापन योजना कार्यालय इलामबाट रु. सात लाख ४९ हजार रकम जम्मा गरी भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले पाँचथर जिल्लालाई पूर्ण विद्युतिकरण गर्ने योजना करीब सम्पन्न हुन लागेको वताउनुभयो । यहाँ रहेका २१ वटा विद्युत सहकारीहरुले नेपाल विद्युत प्राधिकरणसँगको लागत साझेदारीमा विद्युतिकरणको काम अघि बढाउँदा उज्यालो पाँचथर बनाउने अभियान सार्थक हुन लागेको उहाँको भनाई छ । साझेदारीमा विद्युतिकरणको कार्यक्रम सञ्चालन गर्ने क्रममा संघीय सरकारले हालसम्म रु. एक अर्ब ३० करोड रकम यहाँको विद्युतिकरणमा खर्च गरेको नेम्बाङले जानकारी दिनुभयो ।

सांसद् नेम्बाङले अब विद्युत सहकारीहरुले उपभोक्ताहरुलाई सहुलियत दिनेतर्फ लाग्नु आवश्यक रहेको वताउनु भयो । “विद्युत र विद्युतीय सामग्रीको प्रयोगमा सहुलीयत, विद्युत उत्पादन र सहकारीमा उपभोक्ताको प्रत्यक्ष लगानीको ब्यवस्थाका लागि हामीले आवाज उठाइरहेका छौं”, नेम्बाङले भन्नुभयो, “सहकारीहरुले विद्युत जडानदेखि विद्युतीय सामग्रीको प्रयोगमा उपभोक्तालाई सहुलीयत दिनुपर्छ ।” सहकारीमार्फत विद्युत वितरणलाई प्रभावकारी बनाउन सहकारीहरुले पारदर्शिता कायम गर्ने र सहकारीमा उपभोक्ताको शेयर सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले जोरपोखरी ग्रामीण विद्युत सहकारी संस्थाले विद्युतिकरण प्रभावकारी रुपमा सम्पन्न गरी विद्युत वितरण समेत सहज बनाएको आफूले पाएको वताउनुभयो । “विद्युत सहकारीमध्ये यो सहकारीले नमूना काम गरिरहेको छ । आफैं बचत गरेको छ भने भवन सहितका पूर्वाधार निर्माण गरिरहेको पाउँदा हामी खुशी छौं”, अधिकारीले भन्नुभयो, “सहकारीलाई गाउँपालिकाले समेत आवश्यक सहयोग गर्नेछ ।”

कार्यक्रमलाई हिलिहाङ गाउँपालिकाका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं, नेकपा (एमाले) पाँचथरका कार्यबाहक अध्यक्ष एवम् जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा, हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङ्देन सहित राजनीतिक दल, संघ संस्था, जनप्रतिनिधिहरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शनिवार नै सहकारीको १३औं साधारणसभा तथा पाचौं अधिवेशन समेत सुरु भएको छ । साधारणसभा, अधिवेशन तथा भवन उद्घाटन कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गर्नुभयो ।

सो क्रममा सहकारीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने हिलिहाङ–५ घर भई हाल झापामा बसोबास गर्दै आउनुभएका धनबहादुर सुहाङ, संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर यवा, संस्थापकहरु श्रीप्रसाद सुहाङ, दुर्गाप्रसाद मैनाली, धर्मानन्द ओडारी, लीलादेवी खतिवडा, निरा नेपाल, रघुनाथ ढकाल, डिल्लीराम भण्डारी, हिलिहाङ–५ का निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद सुहाङ र समाजसेवी सुरेन्द्रप्रकाश सुहाङलाई सम्मान समेत गरेको छ ।

हिलिहाङ गाउँपालिका वडा नं. ५ र ६ तथा वडा नं. ३ को गोपेटार टोल सेवा क्षेत्र रहेको सहकारीमार्फत यहाँका करीव एक हजार ६०० सय घरधुरीले विद्युत जडान गरेका छन् । यहाँ चार वर्षअघि नै विद्युतिकरणको कार्य सम्पन्न भएको थियो । सहकारीले दातृ निकाय तथा तीनै तहका सरकारको सहयोगमा लघु तथा घरेलु उद्योगहरुलाई विद्युत उपयोगमा सहुलीयत प्रदान गर्ने, सेवा क्षेत्रका विद्युत जडान गर्न नसकेका परिवारलाई विद्युत निःशुल्क विद्युत जडान गरिदिने लगायतका कार्य गर्दै आएको सहकारीका अध्यक्ष मोहनकुमार उप्रेतीले जानकारी दिनुभयो ।

सहकारीले करीब रु. ९ करोड ८७ लाखको लागतमा विद्युतिकरणको कार्य सम्पन्न गरेको हो । यो विद्युत सहकारी अहिले करीव रु. ७ लाख नाफामा रहेको छ । विद्युत चुहावट र नियमनका कारण सहकारी सहज रुपमा अघि बढेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । सहकारीको मासिक खर्च रु. ७ लाख ५८ हजार रहेको छ ।