Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको बनाउनु पर्छः राष्ट्रपति पौडेल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको बनाउनु पर्छः राष्ट्रपति पौडेल

चिन्तन खबर

फिदिम । राष्ट्रपति रामचन्द्र पौडेलले अबको कदम अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षाको विकासमा केन्द्रीत हुनुपर्ने वताउनुभएको छ । ब्यवसायिक, स्वाबलम्बी र आत्मनिर्भर हुने शिक्षाले मात्रै मुलुकको सर्वाङ्गिण विकास सम्भव रहेकाले शिक्षालाई आधुनिक बनाउनु अपरिहा¥य रहेको राष्ट्रपति पौडेलको भनाई छ ।

पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा आजबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा वहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को आज पाँचथरको फिदिममा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधि, विश्वब्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेश अनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा जोड दिनुभयो ।

“प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अवका हाम्रा कदमहरु केन्द्रीत हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रम संस्कृतिको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आव्हान गर्नुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रसँग रहेको मलिलो माटो र स्वच्छ वातावरणको सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको असरको ख्याल गरेर प्रविधिको प्रयोग गर्दै शिक्षा विकासमा लाग्न आग्रह गर्नुभयो । नेपालको पहाडी क्षेत्रमा रहेको भीरालो जमिन देखेर आफूलाई विदेशीले सुनाएको महत्वबारे चर्चा गर्दै राष्ट्रपति पौडेलले यहाँका पाखारेखाहरुलाई ठीक ढङ्गले प्रयोग गर्न सके युवाहरु खाडीदेखि रुससम्म पुग्नु नपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रकृतिको कोरिबाटी गरेर पर्यटनका पूर्वाधार विकास, गाउँमै रोजगारीको सिर्जना, बसाइसराई रोकथाम यहाँका मुख्य प्राथमिकता रहेको आफूले पाएको वताउनुभयो । “मलाई समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विकास र उर्जा शक्तिको प्रचुर विकास हुन् भन्ने लाग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसका लागि सुशासन पहिलो खाँचो रहेको छ । म यहि एजेण्डामा उभिएको छु ।”

राष्ट्रपति पौडेलले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएको र यस ज्ञानको ज्योतीलाई फैलाउनु पर्ने आवश्यकता रहेको वताउनुभयो । राष्ट्रपति पौडेलले महागुरु फाल्गुनन्द लिङ्देनले भाषा, लिपि, संस्कृतिको सम्वद्र्धन तथा समाजको सुधारका लागि साधन र संघर्ष गरेर पूर्वीय सभ्यतालाई ठूलो योगदान दिएको वताउँदै फाल्गुनन्दले गराएको सत्यधर्म मुचुल्काका आधारमा अघि बढ्न पनि अपील गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको वताउँदै राष्ट्रपति पौडेलले सवल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा लक्ष्य रहेको वताउनुभयो । यसका लागि सबै क्षेत्र र वर्गका नागरिकमा समान दर्जा, अधिकार र स्वामित्वको अनुभूति हुनु आवश्यक रहेको उहाँको भनाई छ ।

धार्मिक विविधता र एकताको सन्देश वहुधार्मिक अनुष्ठानले दिएको र यसमा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको वताउँदै राष्ट्रपति पौडेलले फाल्गुनन्द लिङ्देनको तपोभूमि तथा समाधिस्थल रहेको पाँचथर प्राकृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको वताउनुभयो ।

महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि सङ्घर्ष गर्ने योद्धाहरु भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार शेर्मा, देवानदोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, अइनसिंह राई, कालीदास श्रेष्ठ, तेजप्रकाश रिजाल लगायतलाई स्मरण गर्नुभयो । उहाँले क्याम्पस स्थापनाका लागि विशिष्ट योगदान पु¥याउने पूर्व गृहमन्त्री पद्मसुन्दर लावतीको भूमिकाको प्रसंशा गर्नुभयो ।

पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सिमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि प्रभावकारी अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको वताउनुभयो ।

महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, वौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता डा. चन्द्रकुमार शेर्माले प्रवचन दिने कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । हालसम्म करीव १५ हजार विद्यार्थीले अध्ययन गरेको क्याम्पसले अक्षयकोषका लागि रु. ५ करोड रकम सङ्कलन गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरेको हो ।