पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्को बैठकः दुई सह-सचिव सचिवमा बढुवा गर्ने निर्णय

चिन्तन खबर

काठमाडौं । सरकारले न्याय सेवाका दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताउनु भएको छ ।

साउन १५ गते न्याय सेवा आयोगको बैठकले दुई सह–सचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गर्ने निर्णय भएको हो ।