सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९ Office: फिदिम न.पा. - १ पाँचथर Phone: +९७७ ०२४-५२०५५५ Admin: [email protected] News: [email protected]
`
आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन अनेरास्ववियूको माग
चिन्तन खबर
बैशाख ३, २०७९ शनिबार
स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको उदासीनता अनेरास्ववियूलाई कदापी स्वीकार्य नभएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राज्यले आर्थिक अभावका कारण उपचार गराउन नसकेका सर्वसाधरणलाई विशेष ध्यान दिनुपर्ने संगठनले माग गरेको हो ।
टिचिङ अस्पताल, वीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनलगायतका सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन अनेरास्ववियूले स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरेको छ । उसले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको अनिवार्य व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया