Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फुङलिङको मेयरमा एमालेबाट प्याकुरेल नै उम्मेद्वार निश्चित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फुङलिङको मेयरमा एमालेबाट प्याकुरेल नै उम्मेद्वार निश्चित

चिन्तन खबर

ताप्लेजुङ । नेकपा (एमाले)ले फुङलिङ नगरपालिका प्रमुखको उम्मेद्वार वर्तमान नगर प्रमुख छत्रपति प्याकुेरललाई नै बनाएको छ । फुङलिङ नगर कमिटीबाट जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरेका ४ जना मध्ये आज बसेको केन्द्रीय सचिवालयको बैठकले प्याकुरेललाई नै मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

प्रदेश कमिटीबाट केन्द्रीय कमिटीमा पुगेकामध्ये मैवाखोला गाउँपालिकाको अध्यक्षयमा राजन थक्लुङ तथा उपाध्यक्षमा कौशिला लिम्बू, सिदिङवा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई तथा उपाध्यक्षमा भूमिका गौतम, मिक्वाखोला गाउँपालिकाको अध्यक्षयमा दिवश लिम्बूले उम्मेद्वारी निश्चित भएको एमाले ताप्लेजुङले जनाएको छ ।

यस अघिपनि उनीहरुको नाम प्रदेश कमिटीले अनुमोदन गरेको चर्चा चलेको थियो । ताप्लेजुङका अन्य स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरु भने यसअघि नै टुङ्गो लागिसकेको छ ।