पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्तन क्यानसर पीडित लावतीलाई आर्थिक सहयोग


यासोक। पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक निवासी क्यान्सर पीडित सञ्चमायाँ लावतीलाई आर्थिक सहयोग जुटेको छ । उपचारमा सहयोग गर्ने उद्देश्यले ६० वर्षिय लावतीलाई वडा कार्यालयको समन्वयमा पृथ्वी मावि यासोक, वडा कार्यालय बिभिन्न संघ–सस्था, बजारबासी सहित समुदायबाट संकलन गरेको १ लाख ४८ हजार ९२५ रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

बुधवार १ नं.वडा कार्यालयमा सहयोग रकम वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले सञ्चमायाँका छोरा सुखदेव लावतीलाई हस्तान्त्रण गर्नुभएको थियो । तीन वर्षदेखि स्तन क्यान्सर जस्तो जटिल रोगको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले संकलन गरिएको रकम परिवारलाई सहयोग गरिएको वडाअध्यक्ष लावतीले बताउनुभयो ।

सहयोग ग्रहण गर्दै सञ्चमायाँ लावतीका छोरा सुखदेवले यस अघि परिवारले नियमित उपचार गर्दै आएको र अहिले आर्थिक अभाव भएपछि समस्या भएको बताउँनुभयो । उहाँले आर्थिक समस्या हुन नदिन वडा कार्यालयले रकम संकलन गरी सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभएको । लावतीको घोपा क्याम्प धरानमा ६ महिनादेखि उपचार हुदै आएको छ । नियमित उपचार र पटपटकको किमो लगाउँदा ४ लाख ५० हजार खर्च भइसकेको परिवारले जनाएको छ ।