फिदिम । सत्तारुढ गठबन्धनवीच चुनावी तालमेल भई काँग्रेसको भागमा परेको जिल्लाको मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नेतृले समेत उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
माओवादी केन्द्रकी नेतृ जुनुकुमारी लावतीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो । गठबन्धनमा काँग्रेसको भागमा परेको उपाध्यक्ष पदमा काँग्रेसका सन्तकुमार शेर्मा (सन्तोष)को उम्मेद्वारी छ । तर लावतीको राजनीतिक दलसमेत उल्लेख भई उम्मेद्वारी दर्ता भएको हो ।
लावतीले चौथो नम्बरमा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको हो । मनोनयनपत्र दर्ता भएका उम्मेद्वारको नामावलीमा लावतीको राजनीतिक दलको महलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उल्लेख छ । काँग्रेसको भागमा परेको भएपनि यहाँ माओवादी केन्द्रले संस्थागत रुपमै लावतीलाई उम्मेद्वार बनाएको हो । सम्बन्धित राजनीतिक दलको पत्रविना उम्मेद्वार उक्त दलको हो भनि ठहर हुँदैन ।
एउटा मात्रै स्थानीय तहको नेतृत्व माओवादी केन्द्रलाई दिई मिक्लाजुङको उपाध्यक्ष लिएको काँग्रेसको उम्मेद्वार रहेकै स्थानमा माओवादी केन्द्रबाट उम्मेद्वारी परेको हो । गत निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष जीतेको यो गाउँपालिकामा लावती उपाध्यक्ष पदमा एमालेका उम्मेद्वार उर्मिला राईसँग पराजीत हुनुभएको थियो ।
प्रतिक्रिया