Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भारतीय सीमावर्ती जंगलमा एक नेपालीको गोली हानी हत्या « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भारतीय सीमावर्ती जंगलमा एक नेपालीको गोली हानी हत्या

चिन्तन खबर

काठमाडौं । बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ।

गुलरिया नगरपालिका(३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार गोली कसले र किन चलायो भन्ने बारेमा खुलिसकेको छैन। बिहीबार साँझ निगुरो टिप्न एक्लै जंगल गएका हेमराजले आफूलाई गोली लागेको कुरा परिवारलाई फोन गरेर सुनाएका थिए। लगत्तै परिवारले खोज्न जाँदा खुट्टामा गोली लागेको अवस्थामा फेला पारेका गोडियाका परिवारलाई उद्धृत गर्दै डिएसपी सुवेदीले बताए।

डिएसपी सुवेदीले भने, ‘उनले परिवारलाई आफूलाई गोली लागेको भनेर खबर गरे पनि कसले गोली चलायो भनेका रहेनछन्।’ ‘दाहिने खुट्टाको तिघ्रामा गोली लागेका उनलाई परिवारले घर ल्याएर, एम्बुलेन्समा स्थानीय अस्पताल लगेका थिए’, डिएसपी सुवेदीले मृतकका परिवारलाई उद्धृत गर्दै भने, ‘अस्पताल पुर्‍याउँदा राति ११ बजे मृत घोषणा गरिएको रहेछ।’

उनका अनुसार गोडियाको शवमा दाहिने खुट्टामा गोली लागेको जस्तो घाउ देखिएको छ। गोडियाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालले बताएको प्रहरीले जनाएको छ। गोडियाको शव पोष्टमार्टमपछि शुक्रबार नै अन्त्येष्टिका लागि परिवारले लगेका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ। घटनास्थल आसपासका स्थानीय कसैले पनि गोली चलेको आवाज नसुनेको बताएको डिएसपी सुवेदीले जानकारी दिए। घटनास्थल भारतीय वन्यजन्तु आरक्ष भएका कारण भारतीय वनरक्षकले गोडियामाथि गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ।