काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस दल दर्ता गर्ने भएको छ ।
मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो । कांग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।
पौडेलको साथमा कांग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि कांग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया