पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिम रंगशाला निर्माण कार्य चाँडो अगाडि बढाउन पूर्वमन्त्री नेम्बाङ्गको माग (भिडिओ)

३१ प्रतिशत मात्र भौतिक प्रगति, तीन वर्षदेखि खेलकुद गतिविधि शुन्य

चिन्तन खबर

फिदिम । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम रंगशाला निर्माण कार्य अस्थव्यस्त भएको छ । रंगशाला दुई वर्ष अगाडि निर्माण कार्य अगाडि बढाइएको थियो । रकम भुक्तानि नभएपछि ठेकेदारले विचैमा काम छोडेको छ ।

उक्त विषयमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले निर्माण कार्य चाडो भन्दा चाडो अघि बढाउनुपर्ने माग गर्नुभयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले जिल्लाको एक मात्र रंगशाला निर्माण गएको असार मसान्तमा सकिनु पर्नेमा लथालिङ्ग बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “हामिले पटक–पटक खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायमा ध्यानाकर्षण गरायौं । ठेकेदारले लागत रकम मध्ये अहिलेसम्म तीन करोड मात्र पाएको छ । पैसा नभएपछि ठेकेदारले काम गरेको छैन । त्यसैले रकमको उचित व्यवस्था गरियोस । अहिले काम गर्ने सिजन सुरु हुँदै छ । ठेकेदार तयार छ । सम्बन्धित निकायले नक्सा दिदैन । यो विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्दछ ।”

१५ करोड ६६ लाख लाग अनुमान गरिएको उक्त रंगशाला पिएस–किरातेश्वर–मैना चुली जेभीले २०७७ माघमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । १७ महिनाको निर्माण अवधिमा सक्नु पर्ने थियो । तर ठेकेदार लाई रकम भुक्तानि नगरिएपछि रंगशाल निर्माण अलपत्र परेको हो । रंगशाला, प्याराफिट प्रशासकिय भवन, व्यवसायिक सटरहरु र सौचालय समेत निर्माण गर्ने गरी सम्झौता भएको थियो । अहिले सम्म उक्त रंगशाला निर्माणको भौतिक प्रगति ३१ प्रतिशतमा मात्र भएको छ ।

रंगशाला निर्माण कार्य अलपत्र हुँदा जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरु तीन वर्षदेखि शुन्य छन् ।