फिदिम । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट भन्सार छलेर नेपाल ल्याइँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
हिजो राती ८ बजे प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR38A3287 नम्वरको ट्याक्टरमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइदै गरेको करीब रु. १२ लाख मूल्यका लत्ताकपडा तथा जुत्ता बरामद गरेको हो ।
भन्सार छलेर ल्याइएको सामान बरामद भएसगैं ट्याक्टर र ट्याक्टर चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया