झापा । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
झापा–२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । “प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्न”, थापाले भने, “तालमेलका उम्मेदवारलाई जिताउने मेरो जिम्मेवारी हुन्छ । आफू चाहिँ लड्दिन ।”
मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको उनले बताए । झापाका पूर्व सभापति थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । थापाले संस्थापन पक्षको साथमा प्रदेश १ को सभापति जितेका थिए ।
प्रतिक्रिया