Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
चिकित्सकद्वारा मृत घोषित १८ दिने शिशुले शास फेरेपछि… « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

चिकित्सकद्वारा मृत घोषित १८ दिने शिशुले शास फेरेपछि…

चिन्तन खबर

विराटनगर । मोरङको जहदा–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो ।

हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो । विराटनगर ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् ।

उनका श्रीमान दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोशी हस्पिटल बाहिर बस्ने गर्दछन् ।

छोरीलाई आज अचानक स्वासप्रश्वासमा समस्या देखियो । त्यसपछि मुखिया दम्पतीले बिहान ८ः०० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर पुगे । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारीले बच्चाको उपचारमा लागे ।

उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म थियो । अकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । चेकजाँच पछि डा. आकाश यादवले भने, “छोरीको शास छैन । घर लैजानु ।”

डाक्टरले यति भनेको खबर सुनेपछि शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गर्न थाले । “मैले श्रीमतीलाई समात्न थाले । त्यही बीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरले मृत भनिदिएको रहेछ”, दिलिपले भने, “विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्छ ।”

अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । “अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु”, उनले भने, “उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।”

जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै डा. आकाश यादव माथि आक्रमण भएको छ । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । “नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । शास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझ्ने काम भइरहेको छ”, उनले भने, “यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।” (रातोपाटी डटकमबाट)