विराटनगर । कोशी प्रदेश नामका विषयमा पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधरहरुको प्रदर्शनमा प्रहरीले लाठि चार्ज गरेको छ ।
प्रहरीले अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीले २ दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ भने आन्दोलनकारीहले पनि ढुंगामुढा प्रहार गरेका छन् ।
कोशी नामाकरण भएदेखि पहिचान पक्षधर आन्दोलनरत छन् ।
५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
प्रतिक्रिया