Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सरकारी निकायमा ‘घुस’को विगविगी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सरकारी निकायमा ‘घुस’को विगविगी

चिन्तन खबर

काठमाडौं ।

घट्ना नं १ः असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे

घट्ना नं २ः असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ

घट्ना नं ३ः असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ

घट्ना नं ४ः विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु दिन दिनै सार्वजनिक हुने गरेका छन । अख्तियारले पछिल्ला दुई महिनामा मात्रै २० जना भन्दा बढि सरकारी कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

तर सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ पर्न थालेपछि त्यस्ता कर्मचारीले बिचौलिया र एजेन्ट मार्फत घुस रकम असुल गरेर अख्तियार लगायतको निकायबाट बच्ने प्रयास गरेको पाइन्छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।