काठमाडौं । आज विजयादशमी अर्थात् बडा दसैँको टीकाको दिन । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाइने दिन हो ।
यस वर्षको दसैँको टीकाको लागि उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजय दशमीको सुरुवात बिहान ८ बजेर ३३ मिनेट जाँदादेखि सुरु हुने जनाएको छ ।
त्यसै गरी टीका लगाउनका लागि उत्तम समय बिहान बिहान ११ बजेर ३६ मिनेटमा रहेको समेत समितिले जनाएको छ ।
टीका ग्रहण गर्दा टीका लगाइदिने व्यक्ति पश्चिम फर्कने र टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्कनुपर्ने पनि पञ्चाङ्ग समितिले जनाएको छ ।
दसैँको टीका असोज ३० गते पूर्णिमाको दिन समाप्त हुने छ ।
प्रतिक्रिया