काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका हुन् ।
उहाँले भन्नुभयो, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरे मात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’
साथै उनले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रक्रिया सरलीकरण गर्नका लागि पहलकदमीसमेत गर्न आग्रह गर्नुभयो ।
यसै गरी उनले अर्थतन्त्रको आकार बढ्दै गए पनि सोही अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताउनुभयो । उहाँले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशन दिनुभयो ।
प्रतिक्रिया