पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गोल्डकप: फालेलुङ, हिलिहाङ र म्याङलुङ नगरपालिका सेमिफाइनमा


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौ संस्करणको कुम्मायक गोल्डकप फुटबल प्रतियोगितामा तीन पालिका सेमिफाइनमा प्रवेश गरेका छन । आज भएको दोस्रो दिनको खेलमा क्रमश ः म्याङलुङ नगरपालिका तेह्रथुम, हिलिहाङ र फालेलुङ गाउँपालिका सेमिफाइनमा प्रवेश गरेको हुन । पृथ्वी माविको खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको क्वाटर फाइनल खेलमा पाँचथरको याङवरक गाउँपालिकालाई ३–२ को अन्तरले हराउँदै तेह्रथुमको म्याङलुङ नगरपालिकाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

म्याङलुङ नगरपालिका र याङवरक गाउँपालिका बीच पहिलो दिनको दोस्रो चरणको खेलमा ३–१ अन्तर थियो । समय अभावले जेठ ३ गते शनिवार भएको खेलमा ३–२ अन्तरले याङवरकलाई हराउँदै म्याङलुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा फिदिम नगरपालिकालाई ट्राइवेकरमा ५–३ को अन्तरले हराउँदै हिलिहाङ सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २–२ को बराबरीमा भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । त्यस्तै प्रतियोगिताको अन्तिम चरणको खेलमा तुम्बेवालाई ५–१ को फराकिलो अन्तरले हराउँदै फालेलुङ गाउँपालिकाले सेमिफाइनको यात्रा शुरक्षित गरेको छ ।

यो संगै क्वाटर फाइनलको समिकरण पुरा भएको छ । भोलीदेखि सेमिफाइनका खेल सुरु हुनेछन । तेस्रो दिनको सेमिफाइनल खेल हिलिहाङ र फाल्गुनन्द गाउँपालिका बीच हुनेछ । भने दोस्रो खेल म्याङलुङ नगरपालिका तेह्रथुम र फालेलुङ गाउँपालिका पाँचथर बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पाँचथरका सात र तेह्रथुमको आठ स्थानीय तहको सहभागीता रहेको प्रतियोगिता जेठ ५ गतेसम्म संचालन हुनेछ ।