पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खानेतेल भनेर डिजेल राख्दा आगलागी, दुई जना गम्भीर घाइते

चिन्तन खबर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित नमुना टोलमा बुधबार साँझ खाना पकाउने क्रममा गम्भीर आगलागी भएको छ। तेल सम्झिएर डिजेल तातो कराईमा हाल्दा आगो लागेको हो।

स्थानीय देवान बाबुको घरमा घटेको घटनामा वीरगन्जका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुन र भारतको मोतिहारी जिल्लाको आदामपुर ग्राम, कलबारी मझौलिया निवासी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका छन्।

आगलागीमा परेर असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घाइते दुवै जनालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाहरूले आगो नियन्त्रणमा ल्याउन तत्काल सहयोग गरेका थिए।

प्रहरीले खाना पकाउने क्रममा अत्यधिक सावधानी अपनाउन अपिलसमेत गरेको छ।