पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गाउँपालिकाले सञ्चार ऐन बनाउने


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले पहिलो पटक सञ्चार ऐन बनाउँने भएको छ । जिल्लाका कृयाशिल पत्रकार र संचार माध्यमलाई लक्षित गर्दै सञ्चार ऐन बनाउन लागेको हो । गाउँपालिकाले संञ्चार ऐन निर्माण नहुँदा समस्या सृर्जना भएको भन्दै पत्रकारहरूसँग छलफल अघि बढाएको छ ।

छलफलमा पालिकाको प्रस्तावित ऐन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष भीमकुमार बाँस्कोटा, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती, पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मी गौतम, स्थानीय संचारकर्मी कुमार खड्का र इवारा जबेगु सहित पाँच सदस्य समिति गठन गरिएको छ । गठित समितिले गाउँपालिकालाई ऐन बनाउँन समन्वयकारी भुमिका निर्वाह गर्ने बताइएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ को पालिका सभामा सो ऐन पारित गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालले जानकारी दिनुभयो । छलफलमा गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जिल्लामा रहेका सञ्चार माध्यमको वृद्धि र विकासको लागि गाउँपालिकाले ऐन बनाएर सहयोग गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकामा भएका गतिविधिलाई संचारमाध्यमले स्थान दिनुपर्ने र संचारमाध्यमको दिगोविकासको लागि गाउँपालिकाले पनि ऐन मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उपाध्यक्ष महेन्द्र खड्काले पत्रकारिता पारदर्शिता र जवाफदेहिताको आधार भएको भन्दै कानुनी संरचनाबाट पत्रकार र पालिकाबीचको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सञ्चार ऐनमा संचारकर्मी र सञ्चार माध्यमको पक्षमा ऐनमा कार्यक्रम ल्याउन, लोककल्याणकारी सूचना प्रवाहलाई प्राथमिकता दिन र पत्रकार संस्थाहरूको संस्थागत सबलीकरण गर्न सुझाव दिनुभयो ।