पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताप्लेजुङमाथि आयोजकको दबदबा, ४–० को शानदार जित


यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजारमा आजदेखि सुरु भएको कुम्मायक कुसायक त्रिशाली आमन्त्रण गोडल्कपको उद्घाटन खेलमा आयोजक यलम्बर युवा सस्था यासोकले सुरुवाती जित निकालेको छ । पृथ्वी मा.वि.को खेलमैदानमा भएको पहिलो खेलमा कर्णसिं सोनाम ताप्लेजुङलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेस गरेको छ । प्रतियोगिताको दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको आयोजकले खेल अवधिभर नियन्त्रण कायम राख्दै एकतर्फी जित दर्ता गरेको हो ।

आयोजकको जीतको लागि प्रतियोगिताको दोस्रो हाफको ३७ औं मिनेटमा लोकेन्द्र थापाको साथ पाउँदै सविन घिमिरेले सुरुवाती गोल गरे । दोस्रो गोल डिफेन्डर प्रकाश धमलाले ४४ औं मिनेटमा गोल गर्दै अग्रता बढाए । आक्रमक खेल प्रस्तुत गरेको आयोजकको तर्फबाट पुन ः ४८ र ७० औं मिनेटमा लोकेन्द्र थापाले व्यक्तिगत दुई गोल गर्दै ४–० को फराकिलो अन्तर बनाएका थिए । ताप्लेजुङले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

प्रतियोगिताको म्यान अफ दि म्याच आयोजकका सविन घिमिरे घोषित हुदै नगद ७ हजार सहित ट्रफि मेडल हात पारे । प्रतियोगिताको दोस्रो खेल भोली २ बजे झापा ११ झापा र रेडहर्ज फुटबल क्लव इलाम बीच हुने आयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिनुभयो । त्रिशाली पुजा र मेलाको अवसरमा संचालन भएको प्रतियोगिताको बिजेता टोलीले नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा आठ टीमको सहभागीता रहेको छ ।