यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुसायक त्रिशाली आमन्त्रण गोडल्कपको आजको चौथो खेलमा पाँचथर एफसी पाँचथरलाई हराउँदै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार यासोक बजार स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा सम्पन्न भएको अन्तिम क्वाटर फाइनल खेलमा पाँचथर एफसी बिरुद्ध २–१ जीत निकाल्दै पथरी ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्प्रधात्मक बनेको खेलको दोस्रो हाफको ६३ औं मिनेटमा पाँचथर एफसीका बिदेशी खेलाडी रिचार्डले सुरुवाती गोल गरेका थिए । दबावमा परेको पथरीको तर्फबाट ६४ औं मिनेटमा धिरेन क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा रोके । खेलको ६८ औं मिनेटमा पथरी ११ का शौर्य राहुतले निर्णायक गोल गर्दै सेमिफाइनलको यात्रा पक्का गरे ।
प्रतियोगिताको म्यान अफ दि म्याच पथरी ११ का शौर्य राहुत घोषित हुदै नगद ७ हजार सहित ट्रफि मेडल हात पारे । यो संगै क्वाटर फाइनलको समिकरण पूरा भएको छ । भोली हुने सेमिफाइनलको खेलमा आयोजक यलम्बर युवा सस्था यासोक र म्याङलुङ स्पोर्टिङ तेह्रथुम बीच दिउँसो २ बजे हुने आयोजक यलम्बर युवा सस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता टोलीले नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् ।








प्रतिक्रिया