पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्याङ्लुङ स्पोर्टिङ उपाधि नजिक


यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि नजिक म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम पुगेको छ । बुधवार पृथ्वी माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक यलम्बर युवा सस्था यासोकलाई ३–१ गोल अन्तरले हराउँदै म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम उपाधि नजिक पुगेको हो । यो जीतसंगै म्याङ्लुङ स्पोर्टिङले फाइनलको यात्रा शुरक्षित गरेको छ । म्याङलुङको जीतमा खेलको सुरूवाती समयको २ आंै मिनेटमा टीम क्याप्टेन बसन्त अ‍ोझाले सुरूवाती गोल गरे गरेका थिए ।

रक्षात्मक बनेको आयोजक बिरूद्व पुन खेलको १४ र २४ औं मिनेटमा सन्तोष लिम्बू (सन्तु)ले ब्यक्तिगत २ गोल गर्दै ३–० को फराकिलो अग्रता दिलाए । दबावमा परेको आयोजकको तर्फबाट इन्जिुरी समयमा लोकेन्द थापाले सान्त्वना गोल फर्काएका थिए । खेल अवधिभर आयोजकले पाएका केही महत्वपूर्ण अवसर गुमाएसंगै सेमिफाइनलबाटै बाहिरिएको थियोे ।

खेलको ‘प्लेयर अफ दि म्याच’ म्याङलुङका डिम्बल भण्डारी घोषित भए । उनले नगद रु. ७,००० सहित ट्रफि मेडल प्राप्त गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल रेडहर्ष एफसी इलाम र पथरी ११ मोरङ बीच बैशाख २४ गते बिहिवार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु. ४ लाख २५ हजार ५५५ र उपविजेताले रु. २ लाख १२ हजार ७७७ नगद पुरस्कार सहित ट्रफि मेडल हात पार्नेछन ।