पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुसायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि कब्जाको दौडमा रेडहर्ष एफसी इलाम र म्याङलुङ स्पोर्टिङ तेह्रथुम भिड्ने भएका छन । पृथ्वी मा.वि. यासोकको खेलमैदानमा आज दिउँसो २ बजे हुने प्रतियोगिताको उपाधिका लागि दुबै टीम भिड्ने भएका हुन ।
रेडहर्ष एफसी इलामले सेमिफाइनल खेलमा पथरी ११ मोरङ बिरुद्ध ४–१ फराकिलो जीत निकाल्दै फाइनलको यात्रा पक्का गरेको हो । पथरी ११ बिरुद्ध ट्राईबेकरमा ४–१ को शानदार जीत निकाल्दै रेडहर्षले म्याङलुङ स्पोर्टिङसंगको भेट पक्का गरेको हो । त्यस्तै म्याङलुङ स्पोर्टिङ तेह्रथुमले सेमिफाइनलमा खेलमा आयोजक यलम्बर युवा सस्था यासोकलाई ३–१ को गोल अन्तरले हराउँदै इलामसंगको भेट पक्का गरेको हो । उपाधि दाबेदार दुबै बलिया टोली हुन । दुबै टोलीको खेल रोमाञ्चक र प्रतिस्प्रधात्मक हुनेछ ।
प्रतियोगिताको बिजेता टोलीले प्रथम पुरस्कार नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने आयोजक यलम्बर युवा सस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया