पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोकमा सम्पन्न भएको ‘बि’ लेबलको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिशाल र सन्तोष राईले जितेका छन । तङसुम तङनाम त्रिशाली पुजा र मेलाको अवसरमा कुम्मायक ब्याडमिन्टन क्लव यासोकले प्रतियोगिता आयोजना गरेको हो । कुम्मायक कुसायक त्रिशाली डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता २०८३ को उपाधि बिशाल र सन्तोष राईले जितेसंगै नगद ३० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पारे ।
त्यस्तै उपविजेता बनेको तेह्रथुम आठराई गाउँपालिकाका दिनेश कन्दङ्वा र दिपेन्द्र तुम्वापोको टीमले नगद २० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पारे । त्यसैगरी ‘सि’ लेभलको उपाधि फिदिमका कृष्ण थापा र रुद्र केच्छाकी मगर घोषित भए । उनिहरुले उपाधिसंगै नगद १५ हजार ट्रफि मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताको उपविजेता फाल्गुनन्द गाउँपालिकाका बिमल लिम्बू र सन्तवीर आङ्देम्बे घोषित हुदै नगद १० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगिताको पालिका स्तरीय आन्तरिक तर्फको उपाधि कुम्मायक गाउँपालिकाका मणी तामाङ र निर्भिक लावती घोषित हुदै नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै उपविजेता बनेका फाल्गुनन्दका दर्पण अधिकारी र दिपेश आङदेम्बेले नगद १० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेका थिए । प्रतियोगिताको बिजेता उपविजेता सहित तेस्रो पुरस्कार कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिकाका वंम प्रसाद लावती, विशिष्ट अथिति उपाध्यक्ष महेन्द्र बहादुर खड्का र त्रिशाली पुजा र मेला मुल समारोह समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, धनकुटा र पाँचथर जिल्लाका ६० टीमका १२० जना खेलाडीहरुले सहभागीता जनाएको आयोजक क्लवका अध्यक्ष जेकेन्द्र लावतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया