पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा यही जेठ १३ र १४ गते निःशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । कुम्मायक गाउँपालिकाको व्यवस्थापन तथा नेपाली सेना बीरदल गण पाँचथरको आयोजनामा विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा शिविर सन्चालन हुन लागेको हो ।
कुम्मायक आधारभूत अस्पतालको नवनिर्मित १५ शैयाको भवनमा सन्चालन हुने शिविरमा बालरोग, हाडजोर्नी तथा नसा रोग, छाला, यौनरोग, स्त्रीरोग, दन्तसेवा हुनेछ् । त्यस्तै सुगर, प्रेसर, मुटु, नाक–कान, घाटी, आँखा लगायतका समस्या सम्बन्धि बिशेषज्ञ सेवा उपलब्ध हुने कुम्माय आधारभूत अस्पतालका डाक्टर एरिक बास्कोटाले जानकारी दिनुभयो ।
दुई दिनसम्म संचालन हुने शिविरमा सामान्य चिकित्सा सेवासंगै सर्जरी, ल्याभ, माइनर ओ.टी. सेवा, भिडियो एक्सेरे, इसिजी प्रयोगशाला परिक्षण सहित निशुल्क औषधी र परामर्श सेवा प्रदान गरिने बास्कोटाको भनाइ छ । शिविरमा नेपाली सेना सहित अन्य बिशेषज्ञ चिकित्सकले सेवा दिने भएकाले फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकालाई पनि समेट्न यासोकमा शिविर संचालन गर्न लागिएको वीरदल गणका गणपती प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिनुभयो । आर्थिक अवस्थाका कारण गाउँघरमै थलिएर बसेका बिरामीहरुलाई शिविरले ठुलो राहत पु¥याउन अधिकारीको भनाइ छ ।
शिविरमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ बिरामीहरुलाई सहज बतावरण बनाउने कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने भन्दै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई तयारीमा खट्न निर्देशन दिनुभयो । शिविरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।








प्रतिक्रिया