Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमालेका जिल्ला सदस्यहरुले पाए वडा, विभाग र फाँटको जिम्मेवारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमालेका जिल्ला सदस्यहरुले पाए वडा, विभाग र फाँटको जिम्मेवारी

चिन्तन खबर

फिदिम, २८ भदौ। नेकपा (एमाले) को पाँचथर जिल्ला कमिटी ९९ सदस्यीय बनेको छ। गत चैत तेश्रो साता सम्पन्न नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीले पूर्णता पाउँदा एमालेको जिल्ला कमिटी ९९ सदस्यीय बनेको हो।

कमिटीलाई पूर्णता दिँदै एमालेले जिल्ला कमिटीको सचिवालय गठन, विभागका प्रमुख र उपप्रमुखको मनोनयन, फाँट प्रमुखको मनोनयन तथा वडाका इन्चार्जहरु तोक्ने कार्य सम्पन्न गरेको छ। एमाले पाँचथरको बुधबार फिदिममा सम्पन्न दोश्रो पूर्ण बैठकले २६ जनालाई जिल्ला कमिटीमा मनोनयन गरेको छ।

मनोनित हुनेहरुमा भीमबहादुर योङ्या (सुवास), भीम वाग्ले, ओमनाथ रिजाल, श्रीप्रसाद माङयुङ, जयप्रकाश केरुङ (जेपी), नरेन्द्र आङथुपो, अर्जुन राई, सन्तोष सेलिङ, देउप्रसाद आङदेम्बे, मुक्ति आचार्य, बहादुरसिंह नेम्बाङ, देवेन्द्र चौलागाईं, मोतिराज तामाङ, छबिलाल लावती, नरकुमार भारती, गायत्रीप्रसाद रिजाल, बाबा मेन्याङ्बो, कमलकुमारी योङहाङ, राधिका केरुङ, लक्ष्मी नेम्बाङ, कविता चापागाईं, उर्मिला निरौला, सरश्वती राई, माया कन्दङ्वा, टंक पौडेल र धनमाया सारु मगर रहेको एमाले जिल्ला कमिटीका अध्यक्ष विस्नुप्रसाद सापकोटा (बिमल)ले जानकारी दिनुभयो।

एमालेले जिल्ला कमिटीको सचिवालय पनि गठन गरेको छ। जसमा पदाधिकारीहरु बाहेक लेखनाथ घिमिरे, गजाधर भट्टराई, गोपीकृष्ण भण्डारी, मुना नेम्बाङ, दीननाथ अधिकारी, भीमप्रसाद वाग्ले, अनिता राई, राजु थाम्सुहाङ, जलकुमार तामाङ, डिल्लीराम बुढाथोकी, फडिन्द्रप्रसाद घिमिरे, भीमबहादुर योङ्या (सुवास), जयप्रकाश केरुङ, देउप्रसाद आङ्देम्बे, मुक्ति आचार्य, छबिलाल लावती र कमलकुमारी योङहाङ सदस्य छन्।

एमालेले जिल्लाका ६० वटै वडामा जिल्लाबाट इन्चार्ज पठाएको छ। कोशी प्रदेश कमिटीले स्थानीय तह (पालिका)को इन्चार्जमा प्रदेश कमिटी सदस्यहरुलाई जिम्मेवारी दिएपछि विगतमा पालिकाको इन्चार्ज भएका जिल्ला सचिवालय सदस्यहरु समेत अहिले वडा इन्चार्जको जिम्मेवारीमा खुम्चिएका छन्। एमालेले अधिकांश वडामा सोही वडाबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यलाई इन्चार्ज बनाएको छ।

एमालेले २१ वटा जनवर्गीय संगठनहरुमध्ये १८ वटाको इन्चार्ज तोकेको छ। जसअनुसार नेपाल टे«ड युनियन महासंघमा गजाधर भट्टराई, अखिल नेपाल किसान महासंघमा मुक्ति आचार्य, अखिल नेपाल महिला संघमा सुशीला सुब्बा, अनेरास्ववियुमा राजु थाम्सुहाङ, राष्ट्रिय युवा संघ नेपालमा गणेश योङहाङ, राष्ट्रिय जनसाँस्कृतिक महासंघका शान्तिदेवी राई, पेशागत महासंघमा जगत थापा मगर, नेपाल वुद्धिजिबी परिषदमा गायत्रीप्रसाद रिजाल, प्रेस चौतारी नेपालमा कृष्ण ओझा, मानवअधिकार एलाइन्समा कमलकुमारी योङहाङ, खेलकुद महासंघमा विनोद आङ्देम्बे, नेपाल उद्योग तथा ब्यवसायी महासंघमा नवराज घिमिरे, लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुजाता बान्तवा, रिटर्नी फेडेरेसनमा भीमप्रसाद सम्बाहाम्फे, उत्पीडित जातीय मुक्ति समाजमा सहमान शंकर, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा भीम वाग्ले, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनमा खेमप्रसाद न्यौपाने र राष्ट्रिय स्वास्थ्यकर्मी संघमा अनिता राई इन्चार्ज तोकिएका छन्। प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, भूमिहीन सुकुम्बासी संगठन र प्रगतिशिल तथा पेशागत कानून ब्यवसायी महासंघमा भने इन्चार्ज तोकिएको छैन्।

यस्तै एमालेमा महत्वपूर्ण मानिने २२ वटा विभागको प्रमुख र उपप्रमुख समेत मनोनित भएका छन्। पार्टीको सबैभन्दा महत्वपूर्ण मानिने स्कुल विभागको प्रमुख अध्यक्ष विस्नुप्रसाद सापकोटा तथा संगठन विभागको प्रमुखमा सचिव पृथ्वी लावती चयन भए। एमालेमा यी दुवै विभाग यसरी नै अध्यक्ष र सचिवले लिने परम्परा थियो। स्कुल विभागको उपप्रमुखमा श्रीप्रसाद माङ्युङ र संगठन विभागको उपप्रमुखमा जलकुमार तामाङ तोकिएका छन्।

यस्तै वित्त तथा कोष ब्यवस्थापन विभागको प्रमुखमा उपाध्यक्ष बीरबहादुर कुरुम्बाङ र उपप्रमुखमा मुना नेम्बाङ, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा उपसचिव तुलसी थापा र उपप्रमुखमा खिम सेलिङ, अर्थ तथा योजना विभागको प्रमुखमा गोपीकृष्ण भण्डारी र उपप्रमुखमा दुर्गा ओझा, निर्वाचन विभागको प्रमुखमा जयप्रकाश केरुङ र उपप्रमुखमा रेशा रिजाल, खानेपानी तथा सरसफाई विभागको प्रमुखमा देवेन्द्र चौलागाईं र उपप्रमुखमा मञ्जुल योङहाङ, उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा पदम योङहाङ र उपप्रमुखमा चन्द्रकुबेर लिङ्देन, युवा तथा खेलकुद विभागको प्रमुखमा बाबा मेन्याङ्बो र उपप्रमुखमा सन्दीपबिक्रम नेम्बाङ, स्थानीय तह विभागको प्रमुखमा लेखनाथ घिमिरे र उपप्रमुखमा गंगामाया विश्वकर्मा र उपभोक्ता हकहित संरक्षण र अनुशासन विभागको प्रमुखमा पूर्णकुमार खड्का र उपप्रमुखमा वीरेन्द्र मंग्राती छन्।

यस्तै उर्जा तथा जलस्रोत विभागको प्रमुखमा भीमप्रसाद सम्बाहाम्फे र उपप्रमुखमा रकेट क्षेत्री, कृषि तथा पशुपंक्षी विकास विभागको प्रमुखमा मुक्ति आचार्य र उपप्रमुखमा सेमन्ता न्यौपाने, कानून विभागको प्रमुखमा खगेन्द्र बाँस्कोटा, वन तथा वातावरण विभागको प्रमुखमा छविलाल लावती र उपप्रमुखमा देशु चेम्जोङ, विपत ब्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुखमा राजु थाम्सुहाङ र उपप्रमुखमा खगेन्द्र राई, शिक्षा तथा मानव स्रोत विभागको प्रमुखमा कमल चापागाईं, सामाजिक सेवा विभागको प्रमुखमा कमलकुमारी योङहाङ र उपप्रमुखमा लक्ष्मी नेम्बाङ, सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा बहादुरसिंह नेम्बाङ र उपप्रमुखमा सुस्मा लावती, साहित्य, कला तथा संस्कृति विभागको प्रमुखमा कृष्ण ओझा र उपप्रमुखमा सरस्वती राई, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा सुशीला सुब्बा र उपप्रमुखमा लालमाया नेम्बाङ र भूमि ब्यवस्था विभागको प्रमुखमा ओम रिजाल र उपप्रमुखमा सुस्मा आङ्देम्बे तोकिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।

प्रेस चौतारी नेपाल पाँचथर शाखाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका अवसरमा एमाले पाँचथरका अध्यक्ष सापकोटाले बैठकका निर्णय सार्वजनिक गर्दै पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बेवारिसे बम बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान जानुका साथै दुई जना घाइते भएको विषयमा राज्यले गम्भीरताका साथ अनुसन्धान गरी सशस्त्र द्वन्द्वपछि छोडिएका बिस्फोटक पदार्थको खोजी गर्ने अभियान चलाउन माग गरिएको वताउनुभयो।