पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]l.com

जिसस पाँचथरमा नातावाद हावी : प्रमुखमा कांग्रेस सह-महामन्त्रीका सहोदार भाई, उप-प्रमुखमा प्रदेश मन्त्रीका सहोदर दाई

चिन्तन खबर

फिदिम । जिल्ला समन्वय समिति पाँचथरमा नयाँ समिति निर्विरोध चयन भएको छ । गठबन्धनमा निर्विरोध हुने भएपछि जिल्लामा ठुला नेताहरुका आफ्नै दाजुभाईलाई उम्मेद्वार बनाएका थिए ।

जिल्लामा कांग्रेका सह–महामन्त्री भिष्मराज आङ्देम्बेका सहोदर भाई रामराज आङ्देम्बे र उप प्रमुखमा माओवादी केन्द्रका सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’का सहोदर दाई याम कुमार आङ्बो निर्विरोध हुनुभएको छ ।

निर्विरोध हुने देखिएपछि आज गठबन्धनमा रहेका का‌ंग्रेस, नेकपा (माओवदी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले उम्मेद्धारी दर्ता थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमको जिसस निर्वाचन तालिका अनुसार आज विहिबार ९ जनाको उमेद्वारी दर्ता भएको हो । आयोगले विहिबार अपरान्ह ४ बजे सम्म दिएको मनोनयन पत्र–उमेद्वारी दर्ताको समयमा गठबन्धनका ९ जना उमेद्वारको मात्र उमेद्वारी दर्ता भएको जनाएको छ ।

आङदाम्बे नेपाली कांग्रेसबाट फाल्गुनन्द गाउँपालिका वडा नं. १ देखि निर्वाचित वडा सदस्य हुनुहुन्छ भने भने आङबो नेकपा (माओवादी केन्द्र)बाट फिदिम नगरपालिका वडा नं. ११ देखि निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

पाँचथर जिससका लागि नेपाली कांग्रेसबाट प्रमुख सहित ४ सदस्य, नेकपा माओवादी केन्द्रबाट उपप्रमुख सहित ४ सदस्य र नेकपा एकिकृत समाजवादीबाट १ सदस्यमा सहमति गरि मनोनयन दर्ता गरिएको भएको थियो ।

सदस्यहरुमा नेपाली काग्रेसका डिलेन्द्र शेर्मा, टेकराज योङहाङ, हिमओती जबेगु, माओवादी केन्द्रका रिना गुरुङ, मणिकुमार थाम्सुहाङ, अमृतराई वान्तवा र एकिकृत समाजवादीका लेन्जु थाम्सुहाङको मनोनयन दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृको कार्यालय फिदिमले जेठ २३ गते मतदानको समयतालिका प्रकाशित गरे पनि ९ जनाको मात्र मनोयन भएकोले सवै गठबन्धनका उमेद्वार निर्विरोध निर्वाचित भएका हुन् ।

८ स्थानीय तह रहेको पाँचथरमा नेपाली कांग्रेसले फिदिम नगरपालिकाको प्रमुख सहित ५ गाँउपालिकाको अध्यक्ष १ उपाध्यक्ष, माओवादी केन्द्रले १ अध्यक्ष ५ उपाध्यक्ष, एमालेले १ अध्यक्ष २ उपाध्यक्षमा विजय हासिल गरेको थियो ।