पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकका चार विद्यार्थी पुरस्कृत, तीन सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


यासोक। पाँचथरको कुम्मायक गाउँपालिकामा चार विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको छ । गाउँपालिकामा १६ औँ राष्ट्रिय विभुती तथा महागुरु फाल्गुनन्द लिङदेनको १४० औँ जन्म जयन्तीको अवसरमा गत वर्षको एस.ई.ई.परिक्षामा ३ जि.पि.ए. भन्दा माथी अंक ल्याउने चार जना विद्यार्थीलाई नगद समान ५ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीहरुमा पृथ्वी मा.वि यासोकका टीकाराज खत्री, महेन्द्रोदय मा.वि स्यावरुम्बाकी नुमा चेम्जोङ्ग रहेका छन । त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फ पृथ्वी मा.वि यासोकका सुसन चाम्लीङ र तारा खड्का रहेका छन । सोही कार्यक्रममा कुम्मायकका ३७ सामुदायिक विद्यालय मध्ये २ संस्थागत र २१ सामुदायिक गरी २३ विद्यालयमा अध्यायनरत कक्षा ४ र ५ का ३ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन अक्षयकोषको वार्षिक ब्याज रकम नगद ९० हजार ४९० रुपैयाँ रकमबाट ३ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको कुम्मायक कुस्सायक महागुरु शालिक संरक्षण समितिका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको अक्षयकोषको ३१ लाख ६३ हजारको वार्षिक ब्याज रकम ९० हजार ४९० रुपैयाँ रकमबाट २३ विद्यालयका कक्षा ४ र ५ का ३ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन अक्षयकोष तथा शालिक संरक्षण समितिका अध्यक्ष सुर्य विक्रम चेम्जोङले जानकारी दिनुभयो ।