पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्याम्पसलाई पुस्तक हस्तान्तरण

चिन्तन खबर

फिदिम । तीन जना दाताहरुले पाँचथर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि ४८ थान पुस्तक हस्तान्तरण गरेका छन ।

पुस्तकहरु स्नातक र स्नातकोत्तर तहका रहेका छन । क्याम्पसका विद्यार्थीहरुलाई क्याम्पसको पुस्तकालयमा लिएर अध्ययन गर्ने सहजताका लागि ब्यवस्थापन र शिक्षा शास्त्र संकायका पुस्तक क्याम्पसलाई हस्तान्तरण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहनुभएका पाँचथर समाज काठमाडौंका अध्यक्ष होमकुमार लावती तथा जिल्लाको फिदिम नगरपालिका–८ तमाखे घर भई काठमाडौं बस्दै आउनुभएका भवानीबिक्रम नेम्बाङ र उहाँको पत्नी आशा राईले रु. ५० हजार मूल्यका पुस्तक हस्तान्तरण गर्नुभएको हो । आज क्याम्पसमा आयोजित कार्यक्रममा दाताहरुले पुस्तक हस्तान्तरण गरेका हुन ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पुस्तकालयबाट पुस्तक लिई अध्ययन गर्ने गर्दछन । कहिलेकाहीं पुस्तकको अभाव हुने गरेकामा दाताहरुले पुस्तक उपलब्ध गराएपछि विद्यार्थीहरुलाई थप सहज हुने क्याम्पस प्रमुख खेमनाथ खतिवडाले वताउनुभयो । क्याक्पस सञ्चालक समितिका अध्यक्ष सुवराज थापाले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धनप्राप्त यस क्याम्पसको समग्र विकासका लागि अभिभावक, सरोकारवाला तथा समुदायस्तरबाट सामूहिक सहयोग आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले) पाँचथरका सचिव पृथ्वी लावती, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरका अध्यक्ष कमलबहादुर चेम्जोङ लगायत वक्ताले दाताहरुलाई धन्यवाद दिँदै क्याम्पसको विकासबारे आ–आफ्ना धारणा राखेका थिए ।