पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यासोक बजारको सिसी क्यामेरा बन्द, मर्मतमा छैन चासो


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा जडान गरिएको सिसी क्यामेरा चार महिनादेखि बन्द भएको छ । यासोक बजारको बिभिन्न स्थानमा जडान गरिएको क्यामेरा र डिजिटल डिस्प्ले बिग्रिएपछि चार महिनादेखि बन्द भएको हो । यासोक बजारको सान्ति शुरक्षा कायम गर्न गाउँपालिकाको ८ लाख ७९ हजार ८४२ रुपैयाँमा लजिक इन्फोसिस प्रा.लि काठमाडौंले ११ वटा क्यामेरा यासोक बजारमा जडान गरेको थियो ।
पहिलो पटक २०८१ असार ११ मा सबै क्यामेरा विद्युतको भोल्टेजको कारण बिग्रिएको थियो । दोस्रो पटक २०८२ बैशाखमा बिग्रिएपछि गाउँपालिकामा जानकारी गराएको प्रहरीले जनाएको छ । जडान गरिएको सिसी क्यामेरा पटक–पटक बिग्रिदै आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।

जडान गरिएका मध्ये कति वटा क्यामेरा बिग्रिएका छन । त्यसलाई हेर्न प्रयोग गर्ने डिस्प्ले पनि लामो समयदेखि बिग्रिएकाले समस्या कार्यालयका प्रहरी प्रमुख मदन कुमार मैनालीले बताए । यता गाउँपालिका भने बिग्रिएका क्यामेरा र डिस्प्ले मर्मत सम्हार गर्न चालु आर्थिक वर्षमा बजेटको बिनियोजन गरेको जनाएको छ ।