यासोक–पाँचथरको कुम्मायक गाउँपालिकाले अमृत आधारभूत विद्यालयलाई मर्ज गरेपछि विद्यालयले ध्यानाकषर्ण पत्र बुझाएको छ । विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई तत्काल विद्यालय मर्ज नगर्न ध्यानाकषर्ण गराएका हुन ।
गाउँपालिकाले २०८२ भदौ ६ को कार्यपालिका बैठकबाट गाउँपालिकाका पाँच सामुदायिक विद्यालय मर्ज गरेको थियो । मर्ज गरिएका विद्यालयहरु मध्ये गाउँपालिका केन्द्रको अमृत आधारभूत विद्यालय पनि परेको थियो । तर शैक्षिक सत्रको बीचमा विद्यालय प्रशासन र अभिभावकहरुसंग समन्वय नगरी विद्यालय मर्ज गरिएको भन्दै निर्णय सच्याउनु पर्ने प्र.अ भेषबहादुर लावतीले जानकारी दिनुभयो ।
दाताले बजारको मुटुमा पर्ने बहुमुल्य जग्गा विद्यालयको नाममा दान गरेको स्मरण गर्दै दाता, विद्यालय र अभिभावकको सहमतीमा मर्ज गरेको भए राम्रो हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजप्रकाश लावतीले बताउनुभयो ।विगतमा पनि विद्यालय मर्जको विषय उठेको भन्दै आफुहरुले शैक्षिक गुणस्तर सुधार गर्ने तर तत्काल विद्यालय मर्ज नगर्न सुझाव दिएको शिक्षक अभिभावक संघ अध्यक्ष उर्मिला निरौलाले बताउनुभयो । विद्यालय मर्ज गर्दा चाडपर्वको मुखमा विद्यालयका कार्यालय सहयोगीहरुको जिम्मेवारी खोसिएको भन्दै विद्यालयहरुले गुनासो गर्दै आएका छन ।
यता विद्यालयले बुझाएको ध्यानाकषर्ण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष वम प्रसाद लावतीले कार्यापालिकामा पुन छलफल गरी जवाफ दिने बताउनुभयो । गाउँपालिकाले पाँच विद्यालय मर्ज गरेको छ भन्े दुई विद्यालयको तह समायोजन समेत गरेको थियो ।











प्रतिक्रिया