पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तमोर कोरिडोरमा जीप दुर्घटनाः ६ जनाको मृत्यु


यासोक– पाँचथरको कुम्मायक कुम्मायक गाउँपालिका–३ स्थीत तमोर कोरिडोरको कात्तिकेमा जीप दुर्घटना हुँदा ६ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । घाइते ६ जनालाई उपचारको उपचारको लागि सुनसरीको धरान र पाँचथर अस्पताल पठाइएको छ ।

शनिबार बिहान ताप्लेजुङदेखि सुनसरीको धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप कात्तिकेको सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेका ६ जनालाई सकुशल उद्धार गरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटना स्थालनमा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र सहित स्थानीय उद्धारमा खटिएका थिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन । दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटनामा मुत्यु र घाइतेको पहिचान खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।