पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँको हाङमापोखरी र सिंहकाली आधारभूत विद्यालयलाई मर्ज गरे आन्दोलन गर्ने अभिभावकहरुले चेतावनी दिएका छन । शुक्रवार गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष महेन्द्र बहादर खड्कालाई दुबै विद्यालयका अभिभावहरुले ध्यानकषर्ण पत्र बुझाउँदै तत्काल निर्णय लागु नगर्न आग्रह गरे ।
गाउँपालिकाले अभिभावक र विद्यालय व्यवस्थापन समितिसंग समन्वय नगरी एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए । हाङमा पोखरीका शिक्षक हस्तवहादुर सम्बाहाम्फे र सिंहकालीका विद्यालय व्यवस्थापन समिति सदस्य सान बहादुर सम्बाहाम्फेले ध्यानकषर्ण पत्र बुझाएका थिए ।
ध्यानाकषर्ण पत्रमा शैक्षिक शत्रको बीचमा मर्ज गर्न लागेको । मर्ज गरेको विषय संचारमध्यमबाट मात्रै थाहा पाएको उल्लेख छ । कक्षा १–५ संचालन हुने दुबै विद्यालयमा विद्यार्थी संख्या कम छ । बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका बालवालिका मर्ज गरिएको विद्यालयसम्म पुग्न सक्ने अवस्था नभएको भन्दै निर्णय सच्याउन माग गरेका हुन ।
विद्यालयको ध्यानाकर्षण बुझदै गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले शैक्षिक सत्रको सुरुवाती समयमै गर्नुपर्ने काम केही ढिला भएको बताउँनुभयो । विद्यालयले राखेको मागको विषयमा भने अब बस्ने कार्यापालिका बैठक मार्फत निर्णय लिने खड्काको भनाइ थियो ।
कुम्मायक गाउँपालिकाले २०८२ कात्तिक १ गतेबाट लागु हुने गरी हाङमापोखरीलाई सिंहबाहिनी आवि र सिंहकाली आविलाई सिद्ध माविमा मर्ज गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले कार्यापालिका बैठक मार्फत यस अघि नै कुम्मायकका ५ विद्यालय मर्ज र २ विद्यालयको कक्षा समायोजन गरेको थियो ।
प्रतिक्रिया