पाँचथर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चार दिनको लागि ड्रोन उडाउन नपाइने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय पाँचथरले सुचना जारी गर्दै फागुन १८ गतेदेखि २१ गतेको मतदान नसकिँदासम्म ड्रोन उडाउन नपाइने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालद्धारा हस्ताक्षरित सूचनामा निर्वाचनको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी यस्तो निर्णय गरेको उल्लेख छ ।










प्रतिक्रिया