पाँचथर । नेपाल कम्युनिष्ट पाटी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट पाँचथरकी भूमिका सुब्बा सांसद बनाएको छ । आज शनिवार भक्तपुरको गुण्डुस्थित पाटी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सुब्बा सहित १६ जना समानुपातिक तर्फको टुङ्गो लगाएको हो ।
आदीवासी जनजाती महिला क्लस्टरबाट सुब्बाको नाम छनोट भएपछि संसदमा पुग्न सहज भएको हो । उहाँ एमालेको भातृ संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । सुब्बा पुर्वमन्त्री बसन्त कुमार नेम्वाङ श्रीमती हुनुहुन्छ । समानुपातिक सूचीबाट सामसद भएपछि पाँचथरको प्रतिनिधित्व भएको सो पाटीले जनाएको छ ।






प्रतिक्रिया