पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथिभरा दर्शनपछि फर्किने क्रममा बालकको मृ*त्यु

चिन्तन खबर

ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–२ बस्ने हरी श्रेष्ठका करिब ३० महिनाका छोरा सोहन श्रेष्ठ मिति २०८२ चैत ९ गते बिहान करिब १०:३० बजे फुङलिङ नगरपालिका–१० स्थित पाथिभरा मन्दिर परिसरमा दर्शनका लागि पुगेका थिए।

दर्शनपछि आफन्तसँग फर्किने क्रममा अचानक बिरामी परेपछि उनलाई दिउँसो करिब ३:०० बजे जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। उपचारकै क्रममा करिब ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार बालक यसअघि नै बाट निमोनियाले पीडित रहेको प्रारम्भिक रूपमा खुलेको छ। मृतकको शव हाल जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ।