पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण


यासोक। पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधवार विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी कुम्मायकका सभापती गणेश काफ्लेले शैक्षिक सामाग्री वितरण गुर्नभएको हो । उहाँले विद्यालयको नर्सरीदेखि ८ कक्षासम्म अध्यायन गर्ने ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको विद्यालयका बालबालिकाहरुलाई अंग्रेजी विषयमा दक्ष बनाउँन फोर लाइन कपी सहितको शैक्षिक सामाग्री वितरण गरिएको प्र.अ भक्त बहादुर तामाङले जानकारी दिनुभयो । विद्यालयमा अध्यायन गर्दै आएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरसंगै लेखनवृद्धिको विकास गर्न शैक्षिक सामाग्री वितरण गरेको पालिका सभापती काफ्लेले जानकारी दिनुभयो । विद्यार्थीहरुको पठनपाठनमा शैक्षिक सामाग्री वितरण गरी सहयोग गरेको भन्दै विद्यालयले सभापती काफ्लेको योग्दान प्रति प्रशंसा गरेको थियो ।