पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शानदार जीतसँगै रेडर्हष फाइनलमा, उपाधिको लागि म्याङलुङसंग भिड्ने


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुसायक त्रिशाली आमन्त्रण गोल्डकपको फाइनलमा रेडहर्ष एफसी इलाम प्रवेश गरेको छ । बिहिवार यासोक बजारको पृथ्वी मा.विको खेलमैदानमा भएको प्रतियोगितामा ४–१ फराकिलो गोल अन्तरले पथरी ११ मोरङलाई ट्राइब्रेकरमा हराउँदै इलाम फाइनलमा पुगेको हो । निर्धारित समयमा १–१ को बराबरीपछि ट्राईबेकरमा ४–१ को शानदार जीत निकाल्दै इलाम उपाधि नजिक पुगेको हो ।

खेलको अतिरिक्त समयमा इलामका सन्देश खवासले गोल गरेका थिए । दबावमा परेको पथरी ११ को तर्फबाट खेलको ६३ औं मिनेटमा पेनाल्टी सुटआउटको अवसर पाउँदै सञ्जय लिम्बूले १–१ गोलको बराबरीमा रोके । दबाबपूर्ण अवस्थामा रेडहर्षले ट्राइवेकरमा संयमता देखाउँदै गोलको वर्षा गरेपछि उपाधि नजिक पुग्यो् भने पथरी ११ ले पाएका केही महत्वपूर्ण अवसर सदुपयोग गर्न चुकेको थियो ।

जितसँगै रेडहर्ष इलाम प्रतियोगिताको फाइनलमा पुगेको छ । अब इलामले उपाधिका लागि शुक्रवार २५ गते हुने उपाधिको लागि म्याङ्लुङसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले फाइनल खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी रेडर्हषका बिवेक सोनाम घोषित भए । उनले नगद ८ हजार सहित ट्रफि मेल हात पारे । प्रतियोगिताको बिजेता टोलीले प्रथम पुरस्कार नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने आयोजक यलम्बर युवा सस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिनुभयो ।