काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेह्रथुम–काठमाडौँ सम्पर्क विभाग गठन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई प्रविन गिरीको सभापतिमा विभाग गठन गरिएको हो ।
सभापतिमा चयन भएपछि गिरीले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण पार्टी पंक्तिलाई कृतज्ञता व्यक्त गर्नुभएको छ।
सभापति चयन भएपछि उहाँले तेह्रथुम र सम्पूर्ण तेह्रथुमेली समुदायको हित, एकता तथा समृद्धिका लागि सबैसँग सहकार्य र साझा भावनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै आगामी दिनमा पनि सबैको रचनात्मक सुझाव, साथ र सहयोगको अपेक्षा रहेको बताउनुभएको छ।
नवनिर्वाचित सभापति गिरी सहितको समितिले प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह प्रतिबद्धता व्यक्त गरेको छ। गिरीले तेह्रथुमेली समुदायलाई अझ सशक्त र संगठित बनाउन सक्रिय रहने विश्वास व्यक्त गर्नुभएको छ।








प्रतिक्रिया