पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोटरसाइकल दुर्घटनामा कुम्मायक–२ का वडाध्यक्ष बालकृष्ण शेर्मा घाइते

चिन्तन खबर

पाँचथर । कुम्मायक गाउँपालिका–२ का वडाध्यक्ष बालकृष्ण शेर्मा मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ।

आइतबार गाउँपालिकाको यासोक बजारबाट माङजाबुङस्थित वडा कार्यालय फर्किने क्रममा यासोक बजारको हुलाक लाइन क्षेत्रमा उहाँ सवार मोटरसाइकल दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार मोटरसाइकलको ब्रेक जाम भएपछि दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा शेर्माको टाउकोमा चोट लागेको छ। साथै, दुर्घटनापछि बोल्नसमेत समस्या देखिएपछि उहाँलाई तत्काल कुम्मायक गाउँपालिकाको एम्बुलेन्समार्फत धरानस्थित घोपा क्याम्प उपचारका लागि पठाइएको छ।

वडाध्यक्ष शेर्मालाई यसअघि नै मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) को समस्या रहेको जनाइएको छ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष वंमप्रसाद लावतीका अनुसार दुर्घटनापछि टाउकोमा चोट लाग्नुका साथै बोल्न समस्या देखिएकाले थप उपचारका लागि धरान रेफर गरिएको हो।