पाँचथर । नेकपा(एमाले)ले फिदिम नगरपालिका २ को वडा स्तरीय भेला गरेको छ । अध्यक्ष पारसमणि अधिकारीको नेतृत्वको विस्तारित बैठक आज जिल्ला अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले विभिन्न जनसंगठन निर्माण गरिएको छ । बैठकले टोल कमिटी, युवा संघ, किसान संघ, अनेम संघलगायत कमिटी गठन गरेको जिल्ला सदस्य दिननाथ अधिकारीले जानकारी दिनुभयो ।
उक्त वैठकमा विगतमा पराजित भोगेको भन्दै अब आउने स्थानिय निर्वाचनमा जित हासिल गर्नका लागि सम्पुर्ण पार्टी पड्ती लाग्नुपर्ने वक्ताहरुले धारणा राख्नुभएको थियो ।
पार्टी जिल्ला उपसचिव पृथ्वी लावतीले संगठन विस्तारमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रदेश कमिटी, जिल्ला, नगर कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा, एमाले जिल्ला कमिटी सदस्य श्यामबिक्रम तुम्रोक , दिननाथ अधिकारी, दुर्गा ओझा, सांसद आशारत्न जवेगु लगायतले बोल्नुभएको थियो । जवेगुले एमाले सरकारको तीन तहको अधिकारबारे चर्चा गर्नुभयो ।
त्यसैगरी आजै फिदिम– ८ मा पनि बिस्तारित बैठक पार्टी इन्चार्ज तथा संघीय सांसद वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यमा वडा भेला सम्पन्न भएको छ । पाँचथरमा एमाले जुर्मुराएर गाउँ–गाउँमा संगठन पुनर्निर्माण र प्रशिक्षण कार्यमा सक्रिय भएर लागेको छ ।
प्रतिक्रिया