Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो

appharu

नेपाल प्रज्ञा परिषद्को १९ औं वार्षिक नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । हरेक वर्ष बेलायतका विभिन्न विश्वविद्यालयमा पालैपालो भौतिक रूपमा आयोजना हुने यो प्राज्ञिक सम्मेलन पहिलोपटक हाइब्रिड मोडल (अनलाइन र भौतिक रूपमा सहभागी) मा गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा १३ देखि १४ अप्रिलसम्म आयोजित दुई दिने उक्त सम्मेलनमा नेपाल र नेपालबाहिरको नेपाली समाज र संस्कृतिसँग सम्बन्धित ४१ वटा कार्यपत्र प्रस्तुत गरिए भने २ वटा ‘प्यानल डिस्कसन’ भएको थियो ।

जीवन शर्माको पुस्तक ‘पोलिटिकल इकोनोमी अफ सोसल चेन्ज एण्ड डेभलप्मेन्ट इन नेपाल’ (नेपालमा विकास र सामाजिक परिवर्तनको अर्थ–राजनीति) र नेपाल संवाद शीर्षक अन्तर्गत विज्ञहरूद्वारा प्रस्तुति र छलफल गरिएको हो । उमा प्रधान, कुमुद राना र निमेश ढुंगानाले सञ्चालन गरेको नेपाल संवादमा डा. जनक राई, डा. सारा पार्कर र सोहन साह सहभागी थिए ।

१०७ जना सहभागी सम्मेलनले परिषद्को नयाँ नेतृत्व चयन गरेको छ । परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा तीन जना पदाधिकारीको निर्वाचन भई लिभरपुल जोन मुर्स विश्वविद्यालयकी डा. सारा पार्कर अध्यक्षतामा डा. जीवनराज शर्मा महासचिव र डा. फ्रेजर सुगडेन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

परिषदमा हरेक वर्ष चार–चार जना सदस्यको पदावधि सकिने र नयाँ चार जना सदस्यको निर्वाचन र एक वर्ष पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्ष हुनेछ । नयाँ व्यक्तिहरूले संस्थामा सेवा गर्न पाउन् र प्रजातान्त्रिक व्यवस्था बलियो रहोस् भनेर परिषदले यस्तो अभ्यास गर्दै आएको छ ।

संस्थाको १५ सदस्यीय कार्यसमितिमा डा. कृष्ण अधिकारी, प्राध्यापक डेभिड गेल्नर, प्राध्यापक माइकल हट, डा. बेन क्याम्पबेल, डा. स्टेफानी लोटर, डा. तेजेन्द्र फेराली, प्राध्यापक पदम सिम्खडा, सपना विष्ट, डा. कुमुद राना, डा. सुष्मा बस्नेत, डा. हेइडी राइली र डा. उमा प्रधान रहेका छन् । सम्मेलनमा डा. कृष्ण अधिकारीले परिषद्को अध्यक्षको चार वर्षे कार्यकाल सम्पन्न गरि नेतृत्व हस्तान्तरण गरे ।

सन् २०१४ मा परिषद्को महासचिवमा निर्वाचित हुनु अगाडि डा. अधिकारीले संस्थाको कार्यकारी समितिमा रहेर केही वर्ष काम गरेका थिए । सन् २०१८–२०२२ सम्म अध्यक्षको हैसियतले एक प्रतिष्ठित संस्थामा नेपाल अध्येता अग्रज तथा मित्रहरूसंग सहकार्य गर्दै संस्थाको सेवा गर्न पाएकोमा गौरव लागेको अधिकारीले जनाएका छन् ।

‘आठ वर्षअगाडि २५ अप्रिल २०१४ का दिन यसै कोठा (६४ बानबरी रोड, अक्सफोर्ड विश्वविद्यालय) मा आयोजित परिषद्को साधारण सभाबाट मैले संस्थाको महासचिवको औपचारिक जिम्मेवारी लिएको थिएं । आज संयोगवश यहीं संस्थाको अध्यक्षको हैसियतले आफ्ना जिम्मेवारी विसर्जन गरेको छु’, अधिकारीले मन्तव्यका क्रममा भने । उनले आगामी दिनमा पदेन सदस्यको रूपमा कार्यसमितिमा रही नयां नेतृत्वलाई सहयोग गर्ने पनि बताए ।

यसैबीच, नेपाल अध्ययन दिवसमा दुई जनालाई ‘विद्यावारिधि शोधपत्र पुरस्कार २०२२’ प्रदान गरिएको छ । सिंगापुरकी हेमा किरुपालिनी र नर्भेका मिकेल भिन्डेकले उक्त पुरस्कार पाएका हुन् । १५ जना विद्यावारिधि शोधकर्ता सहभागी उक्त प्रतिस्पर्धामा अस्ट्रेलिया निवासी अमृता लिम्बु रनरअप भइन् ।