पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा बिना देशको विकास र समृद्धि अकल्पनीयः प्रवक्ता लावती

चिन्तन खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले युवा बिना देशको विकास र समृद्धि अकल्पनीय रहने बताउनुभएको छ । प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाद्वारा शनिबार आयोजित जुम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लावतीले युवा समाज विकासका अभिन्न साझेदार भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘युवाहरु समाज विकासका अभिन्न साझेदार हुन् । युवाहरुले समाजका सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । युवा तरुण बिना देश विकास र समृद्धिको कल्पना पनि सकिन्न, यद्यपि वर्तमानका साझेदारलाई भविष्यका कर्णाधार भन्दै युवा भूमिकालाई सीमित राख्ने क्रम जारी छ ।’

‘नेपाल युवाहरुको देश हो । जबसम्म युवा पुस्ताको अकाट्य योगदान स्वीकार गरिन्न, समाज विकासका लक्ष्य प्राप्त कठिन हुनेछ । ’ लावतीले भन्नुभयो ।

युवाहरुको अपरिहार्य योगदान र सकारात्मक भूमिकालाई लिएर राप्रपामा कुनै द्विविधा नरहेको उनको उहाँको भनाई थियो ।

यसै सन्दर्भमा, प्रवासमा रहेका युवाहरुले श्रम गरेर स्वदेश पठाएको विप्रेषणले हिंसात्मक द्वन्द्व र कोभिड महामारीको समयमा नेपाली अर्थतन्त्रलाई जोगाएको दृष्टान्त उल्लेख गर्नुभयो ।

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुको सहयोग र सद्भाव लावतीले आह्वानसमेत गर्नुभयो ।

उहाँले दक्षिण कोरियास्थित युवाहरुले, विदेशमा कार्यरत युवाहरु स्वदेश फर्किएर क्रियाशील हुन कर छुटको व्यवस्था लागू गर्न माग समेत गर्नुभयो । यसैगरी नेपालमा कलकारखाना र उद्योग स्थापना, रोजगार सिर्जनाका लागि विशेष नीति अख्तियार गरेर युवाहरुलाई घर फर्कन, नेपाली पूँजी स्वदेश फर्काउन राप्रपाले अभियान संचालन गर्नु पर्ने सुझाव दिनुभयो ।

श्रमदानलाई देश विकासको अभिन्न अंग बनाउन, बेथितीको रुपमा रहेको हुण्डी व्यवस्था पूर्ण नियन्त्रण गर्न वक्ताहरुले माग गर्नुभयो ।

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाका अध्यक्ष भण्डारीले राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो