यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाली कांग्रेसका वडा सभापतिसहित ३६ जनाले सामूहिक राजीनामा दिएका छन् । कांग्रेस कुम्मायक १ का वडा सभापति लैनबहादुर तामाङ सहित ३६ जना कृयाशिल सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन ।
आज एक विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्ने निर्देशन भएकोमा नेपाली कांग्रेस कुम्मायक गाउँपालिका वडा नं. १ को कार्यसमितिको बैशाख ६ गतेको निर्णय बमोजिम वडामा गठबन्धन गर्नु नपर्ने यदि गर्नै परे अन्य वडाहरुमा गर्ने भनि उम्मेद्वार छनोट भई पालिका कार्यसमितिमा पठाइसकेको अवस्थामा गठबन्धनको नाममा केही व्यक्तिहरुले वडाको जनचाहाना विपरित अर्कै दलसंग गठबन्धन गरेको भन्दै राजीनामा बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया