उदयपुर । उदयपुरबाट सञ्चालित उपाहार एफ.एम ९५.४ मेघाहर्जको ५औँ बर्ष पुरा भएको अबसरमा उदयपुरमा म्यूजिक अवार्ड हुने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित उपहार एफ.एमले आफ्नो स्थापनाको ५औँ बार्षिक उत्सवको अबसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो ।
उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा एक दशक यात्रा सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिलहरुलाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल मर्म र भावना सहित आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान तथा मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई अवार्ड वितरण गरिने छ ।
कार्यक्रममा उदयपुरका स्थापित तथा नवोदित युवा कलाकारलाई अवार्ड प्रदान गरिने छ । कार्यक्रममा उदयपुरबाट स्थापित कलाकारहरु सहित संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले समेत सांगीतिक प्रस्तुती राख्नु हुने छ ।
आगामी फागुन १० गते हुने कार्यक्रमको लागि विभिन्न क्षेत्रसंग समन्वय गरेर प्रायोजन, सह प्रायोजन तथा विशेष सहयोगको लागि प्रस्तावना सहित अपिल गरिने उपाहार मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष विश्वराज तामाङले जानकारी दिनुभयो । कार्यक्रममा सांगीतिक सास्कृतिक प्रस्तुतीसहित फेशन सो तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने तयारी रहेको छ ।
उदयपुरमा २०७५ सालबाट प्रशारण प्रारम्भ भएको रेडियोले आफ्नो ५औँ स्थापना बर्षको अबसरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । विगतमा पनि विभन्न चाडपर्वहरुमा रेडियोले विभिन्न नागरिकका अभिरुचीका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया