काठमाडौं । नबगायक रमेश सार्थक र लक्ष्मी दाहालको स्वर तथा टिकाराम आचार्यले निर्देशन गरेको नयाँ गीत ‘घुमाउने घर’ सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द प्रकाश पौडेलले लेखेका हुन् । खेम पुनको संगीत रहेको गीतमा याम थापा मगरले संगीत संयोजन गरेका छन् ।
मौलिक र यथार्थ बोकेको एउटा अमर सृजना दर्शकसामु पस्किन पाउँदा एकदमै खुशी भएको कुरा गायक सार्थकले बताएका छन’ – उनले थपे ‘सुनेजती सबैको प्रतिक्रिया राम्रो पाउँदा,यो क्षेत्रमा अगाडि बढ्ने थप हौसला मिलेको छ ।’ उक्त गित अहिले टिकटकमा एकदमै चर्चामा आईरहेको छ ।
गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । उक्त गीतमा गाँउ मा घर भएको केटा सहरमा जन्मिएकी केटि सँग मायाँ प्रेम मा परेपछि, बिहे गरेर गाँउमा लगिसकेपछी घर धन्दा साथै आगामी जिबनयापन गर्दा आँउने उतार चढाबहरुलाई देखाईएको छ ।
गोबिन्द न्यौपाने र हिमानि थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियो टिकाराम आचार्यले निर्देशन गरेका हुन् । भिडियो तनहुँको ब्यास नगरपालिका १० दुम्सी भन्ने ठाउँमा छायान्कन गरिएको हो ।
प्रतिक्रिया