Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरक–३ मा काँग्रेसका वडा सचिव सहित ४५ घरका ११५ जना एमालेका प्रवेश « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरक–३ मा काँग्रेसका वडा सचिव सहित ४५ घरका ११५ जना एमालेका प्रवेश

चिन्तन खबर

ओयाम । पाँचथरको याङवरक गाउँपालिका वडा नं. ३ ओयाममा नेपाली काँग्रेस सहित विभिन्न राजनीतिक दलका ४५ घरका ११५ जना समर्थक नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज याङवरक गाउँपालिका वडा नं. ३ ओयाम बजारमा आयोजित राष्ट्रिय युवा संघ नेपाल याङवरक ३ को अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज श्रीप्रसाद जबेगू, एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ, याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङ सहितका नेताहरुले एमालेमा अविर र खादा सहित स्वागत गर्नुभयो ।

एमालेमा नवप्रवेशी काँग्रेस याङवरक–३ का सचिव तेजिन्द्र योङ्याले आफूहरु सहि नेतृत्व र सहि राजनीतिका लागि आफूहरु एमालेमा प्रवेश गरेको वताउनुभयो । “हामी कुनै स्वार्थले भन्दा पनि एमालेले मात्रै याङवरक गाउँपालिका सहित मुलुकलाई समृद्ध बनाउँछ र जनतालाई खुशी पार्छ भन्ने स्पष्ट भएपछि काँग्रेसलाई तिलाञ्जली दिएका हौँ”, योङ्याले भन्नुभयो, “गलत नेतृत्वका पछि लागेर समाजलाई अगाडि बढाउन सकिँदैन् भन्ने हामीले बुझेर हिँडेका हाँै ।” एमालेले गरेका कामहरुबाट आफूहरु प्रभावित भएको र सधैँ भरी एमालेको कार्यकर्ता रहि आगामी दिनमा अगाडि बढ्ने उहाँले दृढता ब्यक्त गर्नुभयो ।

अर्का नवप्रवेशी जिधन राईले काँग्रेसबाट विकास र समृद्धिको काम गर्न नसक्ने, जनतालाई विभेद गर्ने तथा भ्रममा राख्ने काम भएपछि आफूहरु स्वःस्फुर्त एमालेमा प्रवेश गरेको वताउनुभयो ।
अर्का एमाले नवप्रवेशी सन्देश थोक्लिहाङले काँग्रेसले आफूहरुलाई ३५ वर्षसम्म बलिको बोको बनाएर राखेको वताउनुभयो । उहाँले आफूहरु कसैको प्रलोभन र स्वार्थ लिएर भन्दा पनि एमालेको नीति सहि छ भन्ने बुझेर एमालेमा प्रवेश गरेको वताउनुभयो । उहाँले आफूहरुले कुनै पार्टी फेर्ने भन्दा पनि गाउँपालिकाको समृद्धिका लागि एमालेमा समाहित हुनुपर्ने बुझेको वताउनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला सदस्यहरु, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु सहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागी रहेका छन् ।याङवरक–३ मा काँग्रेसका वडा सचिव सहित ४५ घरका ११५ जना एमालेका प्रवेश
ओयाम । पाँचथरको याङवरक गाउँपालिका वडा नं. ३ ओयाममा नेपाली काँग्रेस सहित विभिन्न राजनीतिक दलका ४५ घरका ११५ जना समर्थक नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आज याङवरक गाउँपालिका वडा नं. ३ ओयाम बजारमा आयोजित राष्ट्रिय युवा संघ नेपाल याङवरक ३ को अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज श्रीप्रसाद जबेगू, एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ, याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङ सहितका नेताहरुले एमालेमा अविर र खादा सहित स्वागत गर्नुभयो ।
एमालेमा नवप्रवेशी काँग्रेस याङवरक–३ का सचिव तेजिन्द्र योङ्याले आफूहरु सहि नेतृत्व र सहि राजनीतिका लागि आफूहरु एमालेमा प्रवेश गरेको वताउनुभयो । “हामी कुनै स्वार्थले भन्दा पनि एमालेले मात्रै याङवरक गाउँपालिका सहित मुलुकलाई समृद्ध बनाउँछ र जनतालाई खुशी पार्छ भन्ने स्पष्ट भएपछि काँग्रेसलाई तिलाञ्जली दिएका हौँ”, योङ्याले भन्नुभयो, “गलत नेतृत्वका पछि लागेर समाजलाई अगाडि बढाउन सकिँदैन् भन्ने हामीले बुझेर हिँडेका हाँै ।” एमालेले गरेका कामहरुबाट आफूहरु प्रभावित भएको र सधैँ भरी एमालेको कार्यकर्ता रहि आगामी दिनमा अगाडि बढ्ने उहाँले दृढता ब्यक्त गर्नुभयो ।
अर्का नवप्रवेशी जिधन राईले काँग्रेसबाट विकास र समृद्धिको काम गर्न नसक्ने, जनतालाई विभेद गर्ने तथा भ्रममा राख्ने काम भएपछि आफूहरु स्वःस्फुर्त एमालेमा प्रवेश गरेको वताउनुभयो ।
अर्का एमाले नवप्रवेशी सन्देश थोक्लिहाङले काँग्रेसले आफूहरुलाई ३५ वर्षसम्म बलिको बोको बनाएर राखेको वताउनुभयो । उहाँले आफूहरु कसैको प्रलोभन र स्वार्थ लिएर भन्दा पनि एमालेको नीति सहि छ भन्ने बुझेर एमालेमा प्रवेश गरेको वताउनुभयो । उहाँले आफूहरुले कुनै पार्टी फेर्ने भन्दा पनि गाउँपालिकाको समृद्धिका लागि एमालेमा समाहित हुनुपर्ने बुझेको वताउनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला सदस्यहरु, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु सहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागी रहेका छन् ।